Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘म्याद नाघेको औषधिका कारण बालिकाको मृत्यु’, केएमसीमा तनाब (भिडियो हेर्नुस्)


0
Shares

खुट्टा भाँचिएर चारदिनसम्म अस्पतालमा उपचार गराएर घर फर्किएकी सोलुखुम्बुकी ११ वर्षीया अन्जना विष्टलाई अस्पतालले दिएको औषधि सेवनका कारण मृत्यु भएको आरोप परिवारजनको छ ।

उनीहरुले अस्पताल परिसरमै रहेको औषधि पसलले म्याद नाघेको औषधि दिएका कारण मृत्यु भएको दाबी गरेका छन् ।

यद्यपी अस्पताल प्रशासनले भने खुट्टाको उपचार गरेर घर फर्किएकी बालिकालाई पुनः दुईदिनपछि जटिल अवस्थामा ल्याइएकाले बचाउन नसकिएको जनाएको छ ।

अस्पतालले म्याद सकिएको औषधिका कारण बालिकाको मृत्यु भएको आरोप अस्वीकार गरेको छ । मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेपछि केहीबेर अस्पताल तनावग्रस्त बनेको थियो ।

भिडियो हेर्नुस्

“>