Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


घोषणा गरेको २३ बर्षमा पनि वेदकोटमा औद्योगिक क्षेत्र बनेन


0
Shares

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजीछेला औद्योगिक क्षेत्र निर्माणमा वन कार्यालय बाधक बनेपछि निर्माण कार्यमा ढिलाई भएको छ ।

वन कार्यालयले वर्षौदेखि बसोबास गर्दै आएको बस्तीलाई औद्योगिक क्षेत्रमा राख्नुपर्ने अडान लिएपछि निर्माण कार्यमा ढिलाई भएको हो ।

सरकारले औद्योगिक क्षेत्र घोषणा गरेको २३ वर्ष बितिसक्दासमेत स्थापना हुन नसकेपछि स्थानीयबासी निराश बनेका छन् ।

घोषणको २३ वर्षसम्म कुनै काम अगाडी बढ्न नसकेकाले औद्योगिक क्षेत्र स्थापना हुनेमा ढुक्क हुन नसकेको स्थानीय बताउँछन् ।

यता, वन ऐनका कारण औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भइरहेको बेदकोट नगरपालिका कार्यालयले जनाएको छ ।

जिल्ला वन कार्यालय सकारात्मक नभएका कारण केही ढिलाई भएपनि डिपीआर र आईईएको काम अन्तिम चरणमा पुगेको बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक चन्दले बताए ।

२०६६ सालमा जिल्ला वन समन्वय समिति, जनचेतना सामुदायिक वन, बेदकोट सामुदायिक वनले पनि औद्योगीक क्षेत्र स्थापनाका लागी जग्गा दिन सहमति भइसकेको छ ।

सरकारले प्रस्ताव गरे अनुसार पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुम खोल्सा, पश्चिमतर्फ चुरे वनक्षेत्र, दक्षिण तर्फ चाँदनी फाँटा बस्तीको चार किल्ला भित्रको जनचेतना सामुदायिक वनको करिब २ सय हेक्टर र बेतकोट सामुदायिक वनको करिब ४ सय ५० हेक्टरसमेत ९ सय बिगाहा क्षेत्रफल औद्योगिक क्षेत्रका लागि कायम गरिएको छ ।