
स्थानीय सुरेन्द्र ठाकुरको घरमा बुधबार राति च्याउको तरकारी खाँदा उनका बहिनी ३५ वर्षीया शिवुकुमारी ठाकुर र २८ वर्षीया रुना ठाकुर, भाइबुहारी २२ वर्षीया सरस्वती ठाकुर तथा भान्जा आठ वर्षीय नितेश ठाकुर र दुई वर्षीया जेसिका ठाकुर सिकिस्त बिरामी परेका हुन् ।
सिकिस्त भएका पाँचैजनाको लहानस्थित हस्तीका पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा उपचार भइरहेको उनका परिवारले जनाएको छ ।
राति घरमा च्याउको तरकारी पकाएर खाएको केहिबेरपछि सबैलाई वाकवाकी लागी बान्ता भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्