Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


‘उत्तर कोरियामाथि आक्रमण भए चीन चुप लागेर बस्न सक्दैन’


0
Shares

चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले शुक्रबार (आज) आफ्नो सम्पादकीयमार्फत अमेरिकाले उत्तर कोरियामाथी सत्ता परिवर्तनको लागि दक्षिण कोरियासँग मिलेर युद्धको घोषणा गरे चीन सरकार मौन बस्न नसक्ने उल्लेख गरेको हो ।

तर, उत्तर कोरियाले अमेरिकामाथि पहिलो कारबाही गरे चीन तटस्थ बस्नुपर्ने पनि उल्लेख गरेको छ ।

चिनियाँ सत्ताधारी कम्युनिस्ट पार्टीद्वारा सन्चालित उक्त मिडियालाई सरकारको आधिकारीक धारणा ब्यक्त गर्ने सन्चारमाध्यमको रुपमा लिने गरिन्छ ।

ग्लोबल टाइम्सले अमेरिका र उत्तर कोरियाबीचको शितयुद्धको उत्कर्षमा कसैलाई पनि सर्मथन नगर्ने तर, केहिगरी सैन्य कारबाहीबाट चिनियाँ हित प्रभावित हुनेगरी उत्तर कोरियामा कुनै परिवर्तन स्वीकार नगर्ने उल्लेख गर्दै त्यसको जवाफ चीनले तुरुन्तै शसस्त्र रुपमा दिने जनाएको छ ।

आफ्नो सम्पादकीयमा ग्लोबल टाइम्सले स्पष्ट रुपमा लेखेको छ, ‘चीन कोरियाली प्रायद्विपमा हुने कुनैपनि युद्धको समर्थन गर्दैन । जसले उत्तर कोरियाको सत्ता परिवर्तन गरेर चिनियाँ हितको प्रभावित गर्न खोज्छ त्यसलाई शसस्त्र जवाफ दिइनेछ । धैर्य गरौँ चीन र उत्तर कोरिया दुबैले स्वयंमता देखाउनेछ । कोरिया प्रायद्विपमा सबैको सामरिक हित जोडिएको छ । कसैलेपनि आफ्नो प्रभुत्व जामाउन कोशिस गर्नु हुँदैन् ।’

अलजजिरा अनलाइन‘का अनुसार उत्तर कोरिया र चीनबिच भएको एकसन्धिअनुसर उत्तर कोरियामा कुनैपनि देशले आक्रमण गरे चीन सरकार हस्तक्षेप गर्न बाध्य हुनुपर्नेछ । यसअघि कोरिया युद्धमा चीन सरकारले उत्तर कोरियाको समर्थन गरेको थियो । करिब एकलाख ५० हजार चिनियाँ सेनाले त्यसबेला कोरिया युद्धमा भाग लिएका थिए । त्यसबेला देखि नै चीन सरकारसँग उत्तर कोरिया असल छिमेकी राष्ट्रको रुपमा रहँदै आएको छ ।

पछिल्लो समय उत्तर कोरियाले अमेरिकी सेनाको पकडमा रहेको गुआम टापुमा मध्य अगष्टतिर आक्रमण गर्ने योजना बनाइरहेको भन्ने तथ्य अमेरिकाले सार्वजनिक गरेको छ । उक्त योजना सार्वजनिक भएपछि अमेरिकी रक्षामन्त्री जेम्स मैटिसले परमाणु संकटलाई राजनितिक तथा कुटनीतिक पहलमा समाधान गर्नुपर्ने बताएको ‘बीबीसीले उल्लेख गरेको छ ।

तर, राष्ट्रपति डोनल्ड ट्रम्पले भने रक्षामन्त्री मैटिसकोभन्दा विपरित धारणा राखेका छन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई भयभित गर्नुपर्ने बताउँदै अमेरिका विरुद्ध उत्तर कोरियाले कुनैपनि सैन्य कारबाही गरे नसोचेको परिणाम भोग्नुपर्ने बताएका थिए । उनले भनेका छन्, ‘उत्तर कोरियामा यति बम बर्साइने छ जुन आजसम्म संसारमा कसैलेपनि त्यस्तो युद्ध देखेका छैनन् ।’