
मन्त्रालयका सचिव दिनेश थपलियाले नयाँ थपिने स्थानीय तहको कार्यालय, कर्मचारी र स्रोत व्यवस्थापन लगायतका काम थालिएको जानकारी दिए । स्थानीय तहको संख्या बृद्धि गर्नुपर्ने राष्ट्रिय जनता पार्टीको मागबमोजिम सरकारले जेठ ८ मा तराईका १२ जिल्लामा २३ वटा स्थानीय तह थप्ने, साबिकको एउटा गाउँपालिकालाई वीरगंजमा गाभ्ने तथा २४ वटा गाउँ पालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो ।
दोस्रो चरणको निर्वाचनपूर्व गरिएको उक्त निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले जेठ १२ मा संख्या नथप्न अन्तरिम आदेश जारी गरेपछि कार्यान्वयन हुन सकेको थिएन ।
प्रदेश २ को ८ जिल्लाका स्थानीय तहमा आसोज २ मा निर्वाचन तोकिएको छ । संख्या हेरफेरपछि निर्वाचन आयोगले शनिबार मन्त्रालयका पदाधिकारीलाई छलफलका लागि डाकेको छ ।
स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेपछि मधेसी दलकै दबाबमा प्रदेश २ मा दोस्रो पटक स्थानीय तहको संख्या वृद्धि हुँदैछ । यसअघि सरकारले फागुन २२ मा ८ जिल्लामा २३ वटा स्थानीय तह थपेर मात्रै पुनःसंरचना प्रतिवेदन कार्यान्वयनमा ल्याएको थियो । अब १० वटा स्थानीय तह थपिनेछन् भने पर्साको एउटा गाउँपालिकालाई वीरगन्ज महानगरपालिकामा गाभिनेछ ।
प्रदेश २ मा हाल ७८ गाउँपालिका र ४९ नगरपालिका रहेकोमा संख्या र सिमाना हेरफेरसँगै ५९ गाउँपालिका र १ महानगरसहित ७७ नगरपालिका हुनेछन् । –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्