प्रिमियर लिगको २६ औं सिजन शुक्रबार रातिबाट सुरु भएको हो ।
घरेलु मैदानमा भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई ४–३ ले पराजित गरेको हो ।
खेलको दोस्रो मिनेटमै एलेक्जेन्डर ल्याकेजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर पाँचौं मिनेटमा शिन्जी ओकाजाकीले लेस्टरका लागि बराबरी गोल फर्काए । २९ औं मिनेटमा जेमी भर्डीले गोल गरेपछि लेस्टरले अग्रता लियो । यद्यपि यो अग्रतालाई लेस्टरले धेरैसमय जोगाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा ड्यानी वेलबेकले आर्सनलका लागि बराबरी गोल फर्काएर पहिलो हाफमा खेल २–२ को बराबरीमा रोके ।
५६ औं मिनेटमा भर्डीले व्यक्तिगत दोस्रो गोल गरेपछि फेरि लेस्टरले अग्रता लिएको थियो । ८३ औं मिनेटमा आरोन रामसीले आर्सनलका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि जिरउडले गोल गर्दै आर्सनलको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरे ।
जितसँगै आर्सनलले महत्वपूर्ण तीन अंक जोडेको छ ।





प्रतिक्रिया दिनुहोस्