२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पुनःनिर्माणको कामलाई गति दिन्छौं : कामपा प्रमुख


0
Shares

काठमाडौं महानगरपालिका वडा नम्बर–१२ बाट एसइई परीक्षा उत्तीर्ण विद्यार्थीलाई बधाइ दिन शनिबार गरिएको कार्यक्रममा प्रमुख शाक्यले भौतिक संरचनाको पुनःनिर्माणलाई महानगरपालिकाले गति दिने बताए ।

सांस्कृतिक संरचना राष्ट्रिय पहिचान भएको भन्दै उनले यसको संरक्षणमा जुट्न आह्वान गरे ।

उनले शिक्षित जनशक्तिलाई रोजगारीका अवसर सिर्जना गर्न महानगरपालिकाले योजना बनाउने पनि बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले जनप्रतिनिधि कुनैपनि सेवा–सुविधा प्राप्त गर्न नभइ सेवा गर्न आएको भन्दै महानगरपालिकावासीको हितमा काम गर्ने बताइन् ।