
भारतको उत्तरप्रदेशका तारीक नाम गरेका ती १२ वर्षीय किशोरलाई स्थानीय अस्पतालका चिकित्सकहरुले ‘हात्तिपाइले रोग’ लागेको हुनसक्ने भन्दै उपचार गरेपनि निको नभएको डेलिमेल अनलाइनले उल्लेख गरेको छ ।
तारीक आफ्नो लागि आफ्नै हात अभिसाप भएको कारण शाथीभाईदेखि टाढा हुनुपरेको र स्कुलसमेत जान नपाएको दुखेसो गर्छन्। उनले आफुलाई सबैले ‘शैतान’ भन्दा दुख लागेको बताए ।
स्थानीयहरु उनले पुर्वजन्ममा नराम्रो काम गरेवापत भगवानले श्राप दिएकोले यस्तो भएको हो भन्छन् ।
चिया पसलमा काम गर्दै पढिरहेका तारीकलाई स्कुलमा उनको हात देखेर अन्य बिद्यार्थी डराउन थालेपछि स्कुल प्रशासनले पढाउन नमानेका हुन् ।
तारीक आफैं आफ्नो कपडा लगाउन, खाना खान र नुहाउन सक्दैनन् । ताराकका दाई हर्गानले उनको हेरविचार गर्दै आएका छन् । हर्गानले भने, ‘मेरो भाइले आफ्नो हातले अरु कसैलाई डराउदैनन तरपनि सबै स्कुलले उनलाई पढाउन मान्दैनन् ।
हर्गामका अनुसार बुबाले तारीकलाई उपचारको लागि स्थानीय अस्पतालमा लिएर गएका थिए । स्थानीय अस्पतालका चिकित्सकहरुले उनको रोग पत्ता लगाउन सकेनन् र हत्तिपाइले रोग हुनसक्ने भन्ने अनुमानमात्र गरेका थिए । उनले धेरै औषधि खाए तर निको भएन ।
केहि समयअघि ताराकको बुबाको मृत्यु भएपछि उनको परिवारले अस्पतालमा गएर उपचार गर्न सकेका छैनन् । तर, तारीक आफ्नो हात ठिक हुनेमा ढुक्क छन् । उनी भन्छन्, ‘एकदिन मेरो हात ठिक भएपछि शाथीभाईसँग खेल्नेछु र सँधै स्कुल गएर पढ्नेछु ।’
तारीकको परिवारले कुनै राम्रो अस्पतालमा लगेर उपचार गर्नुपर्ने स्थानीय चिकित्सकहरुले बताएको तर केहि सहयोग नगरेको बताए । अहिले उनीहरु कहाँ–कसरि–कुन अस्पताल जानुपर्ने हो केहि थाहा नभएकोले दुखी भएको बताउँछन् ।
केहि दिन अघि स्थानीय संवाददाताहरुको टोलिसँग गएको डा.पवन कुमार गांधीले यस्तो समस्या पहिलोपटक देखेको भन्दै आफ्नो लागि एक रहस्यमय रोग भएको बताए । डा.गांधीले भने, ‘मैले केहि यस्तै अवस्थाहरु देखेको छु, तिनीहरुलाई हात्तिपाइले रोगको संक्रमण थियो ।’
तारीकको उपचारबारे डा.गांधीले निको हुने संभावनाहरु कम रहेको बताउँदै असंभव भने नरहेको बताए ।
उनले तारीकलाई सकेसम्म चाँडै कुनै शिक्षण अस्पताल लानुपर्ने सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्