
उपाधि दावेदार म्यान्चेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ४-० ले हराएको हो ।
खेलमा म्यानचेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकुले दुई तथा एन्टोनियो मार्टीयल र पउल पोग्बाले एक–एक गोल गरे ।
अर्को प्रिमियर क्लव एभर्टनबाट यही सिजनको सुरुमा म्यान्चेस्टर युनाईटेड आएका बेल्जीयन स्ट्राईकर लुकाकुले जोजे मौरिन्होको टोलीका लागि प्रिमियर लिगको पहिलो खेलमै दुई गोल गरेका हुन् ।
प्रिमियर लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा टोटनह्याम हट्सपरले न्युकासल युनाईटेडलाई २-० ले हरायो ।
प्रिमियरसीपको नवप्रवेशी न्युकासलविरुद्ध टोटनह्यामलाई विजयी गराउन डेले अली र बेन डेभिसले एक–एक गोल गरे ।
खेलको सुरुमै न्युकासलका जोन्जो शेल्भे रातो कार्ड खाएर बाहिरिएपछि घरेलु टोली १० जनामा समेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस्