Logo १२ आश्विन २०८२, आइतबार | Sun Sep 28 2025


‘डा.केसीको स्वास्थ्य अवस्था निकै नाजुक’


0
Shares

शरीरमा अक्सिजन, क्याल्सियम र पोटासियमको मात्रा कम हुँदा डा. केसीलाई बोल्न समेत समस्या भएको डा.सन्तोष क्षेत्रीले जानकारी दिए ।

मुटुको चालमा गडबडी भएर प्रति मिनेट घडकन २ सयसम्म पुग्ने गरेको पनि उनले बताएका छन् ।

उता डा.केसी पक्ष र सरकारबीच छलफलसमेत हुन नसकेको र सरकारी पक्षले अनशन तोडाउने पहलसमेत नगरेको केसीका प्रतिनिधि अभिशेक सिँहले बताए ।

त्यसैगरी, सोमबार (आज) डा.केसीको समर्थन तथा सरकारलाई दबाब दिनको लागि शिक्षण अस्पताल महारान्ज र न्याम्स अन्तर्गत वीर अस्पतालका आवासीय चिकित्सकहरुले संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

वीर अस्पतालबाट सुरु गरिएका प्रदर्शन वसन्तपुर पुगेर सभामा परिणत भएको नारायण कँडेलले जानकारी दिए । वीर अस्पतालका आवासीय चिकित्सक (र्‍यान)का उपाध्यक्ष डा.सरोज गिरीले अब आउने दिनमा डा. केसीको समर्थनमा सँगसँगै उभिएर शसक्त दबाबमुलक कार्यक्रम अगाडी बढाउने बताए ।