Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


जेल नबसी सोझै सर्बोच्च जान पाइने


0
Shares

सर्बोच्च अदालतको बृहत पूर्ण इजलाशले तीन बर्ष भन्दा कम कैद सजाय पाएका कसुरदारले थुनामै बसेर मुद्दा दोहोर्याउन मागसहित निवेदन दिने व्यवस्थालाई खारेज गरिदिएपछि धरौटी राखेर कसुरदारले सर्बोच्च अदालतमा निवेदन दर्ता गर्न पाउने भएका हुन् ।

यसअघि जिल्ला र उच्च अदालतको सुरु फैसलाले तीनबर्ष भन्दा बढी कैद तोकिएका व्यक्तिहरुले थुनामा बसेर मात्रै दोहोर्‍याएर सुनुवाइ गर्न माग गर्न पाउने व्यवस्था थियो ।

तल्लो अदालतबाट तीनबर्ष भन्दा बढी जेलसजाय भएका कसुरदारले भने थुनामा नबसी सर्बोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गर्न पाउने कानुनी व्यवस्था छ । -राजधानी दैनिकबाट