
इटहरीका राजु कार्की, सप्तरीका प्रितीकुमारी चौधरी र उदयपुर, ठोक्सिालाका प्रशान्त राईको मृत्यु भएको हो ।
उनीहरुको मृत्युको कारण स्पस्ट हुन नसकेपनि स्क्रब टाइफस, डेंगु वा हान्टा भाइरसका कारण मृत्यु भएको हुनसक्ने अस्पतालका निर्देशक गौरीशंकर साहले बताएका छन् ।
सुरुमा ज्वरो आएर भर्ना भएका ती बालकहरुमा रगत वान्ता हुने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न डा. बसन्त राईले बताए ।
उनीहरुको रोगको राम्रोसँग पहिचान नहुँदै मृत्यु भएको पनि अस्पतालको भनाइ छ ।
तीन बालबालिकाको मृत्यु भएपछि चिकित्सकहरुको विशेष टोली बनाएर सतर्ककता अपनाइएको पनि निर्देशक साहले जानकारी दिए ।
सच्याइएको । यसअघि, चारजनाको मृत्यु भएको भनिएकोमा तीनजना बालबालिकाकोमात्र त्यसकारण मृत्यु भएको जानकारी अस्पतालले सच्याएर दिएकाले माफी माग्दै समाचार सच्याइएको छ’–सम्पादक ।
प्रतिक्रिया दिनुहोस्