२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बाढीले २० हजार स्यालो ट्युबेल प्रदूषित : मन्त्रालय


0
Shares

बाढीका कारण खानेपानी आयोजनाहरुमा भने आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ ।

बाढी प्रभावित जिल्लाहरुमा उद्धार र राहत वितरणसम्बन्धी कार्यमा तीव्रता दिइएको र खानेपानी तथा सरसफाइसम्बन्धी सामग्री वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

खानेपानी शुद्धिकरण तथा स्वच्छता कायम गर्न सहयोगस्वरुप ५ लाखका दरले बाढी प्रभावित जिल्लालाई खर्च गर्ने गरी अख्तियारी दिइएको मन्त्री महेन्द्र यादवले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

स्यालो ट्युबेल र खानेपानीका आयोजनाहरु सन्चालन, पुनःस्थापना, पुनःनिर्माणका लागि तत्काल थप बजेट निकासाको लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्ने मन्त्रालयले जनाएको छ ।