Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


राप्ती नदीमा पानीको बहाब बढ्यो, सौराहाका व्यवसायी सुरक्षित स्थानमा सामान सार्दै


0
Shares

चितवन, असार १८ । चितवनको राप्ती नदीमा पनि पानीको बहाब बढ्दै गईरहेको छ ।

हिजोदेखिको निरन्तरको वर्षाले राप्तीको बहाब बढ्दै गएपछि सौराहा पव क्षेत्रका व्यवसायीहरुले सामानहरु सुरक्षित स्थानमा सार्न थालेका छन् । गतवर्ष आएको आएको बाढीले सौराहाका पव क्षेत्रकै व्यवसायीहरुले बढी क्षति व्यहोरेका थिए । जसका कारण आज बेलैमा सामानहरु सुरक्षित स्थानमा सार्न लागिएको रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।

गतवर्षको बाढीले त्रसित बनेका सौराहाका व्यवसायीहरु यसपटक पनि त्रासमै रहेका छन् । राप्ती नदीमा तटबन्ध गर्न माग गर्दै पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नहुँदा सौराहाका व्यवसायीहरुले वर्षेनि बाढीको त्रासमा बस्नु गरेको क्षेत्रीय होटल संघ (हान) सौराहाका सचिव दामोदर रेग्मीले जानकारी दिए ।