
प्रहरी महानिरीक्षक अर्यालले विषम परिस्थितिमा अहोरात्र सुरक्षा चुनौतीसँग डटिरहने प्रहरीहरु शारीरिक रुपमा सक्षम र स्वस्थ रहनु पर्ने भएकाले उच्च मनोबल राख्न स्वास्थ्य सेवा महत्वपूर्ण रहेको बताए । उनले क्षेत्रीय प्रहरी अस्पताललाई समेत सुविधा सम्पन्न गराउँदै लैजानु पर्ने उल्लेख गर्दै श्रोत साधनको व्यवस्था गरी आत्मनिर्भर र सुविधा सम्पन्न अस्पतालको रुपमा विकसित गर्दै लैजान संगठन प्रयत्नशील रहेको चर्चा गरे ।
अस्पतालले दिने सेवा दर्जा र हैसियतका आधारमा असमान हुन नहुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले सम्पूर्ण कर्मचारीले अनुशासीत, लगनशील र पेशागत इमान्दारीताकासाथ कार्य सम्पादन गर्नुपर्ने बताए ।
सो अवसरमा प्रहरी महानिरीक्षक अर्यालले अस्पतालमा उत्कृट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरष्कार वितरण गर्नुका साथै अस्पताल हातामा वृक्षारोपण समेत गरेका थिए ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक दिनेश चन्द्र पोख्ररेलले स्वागत मन्तव्य तथा प्राविधिक प्रहरी नायब महानिरीक्षक दुर्गा थापाले धन्यबाद ज्ञापन गरेका थिए ।
१४ वटा शैया रहेको उक्त वार्ड अस्पतालको वार्षिक विनियोजित रकम अन्तर्गत करिब १ करोड ३८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्