२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


भाइरल ज्वरोबाट जाजरकोटमा दुई नाबालकको मृत्यु, सयौं विरामी


0
Shares

स्थानीयवासी वीरबहादुर रोकायका ११ महिनाका छोरा धीरेन्द्र र जयबहादुर रोकायका नौमहिनाका छोरा मानबहादुरको सोमबार (आज) मृत्यु भएको स्थानीय शिक्षक रामबहादुर शाहीले जानकारी दिए ।

गाउँमा अहिले भाइरल ज्वरोबाट सयौं नागरिक विरामी भएका छन् । स्वास्थ्य संस्था लिम्साभन्दा टाढा रहेका कारण स्थानीयवासीले समयमै उपचार नपाएको शाहीले बताए ।

‘बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी छन्, बिरामीलाई पाँचघण्टासम्म बोकेर अस्पतालसम्म लैजानुपर्ने अवस्था छ,’ उनले भने ।

यस्तै त्रिवेणी नलगाड–८ हल्चौरमा समेत भाइरल ज्वरोका कारण सयौं बासिन्दा विरामी परेका पञ्च भयार माध्यमिक विद्यालयका शिक्षिका नन्दा शाही केसीले जानकारी दिइन् । तीनघण्टा लगाएर रुकुमको आठविसकोट नगरपालिकाको राडीस्थित मेडिकलमा लगेर उपचार गर्नु परिरहेको उनले बताइन् ।

‘घरका सबै विरामी छन्, पशुचौपायलाई घाँस, पानी दिनसमेत समस्या भएको छ,’ उनले भनिन् । रासस