२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर


0
Shares

जिल्ला दैवी प्रकोप उद्दार समतिको संयोजनमा रोटरी क्लब अफ धनगढी र नेपाली सेनाले भजनी तथा टीकापुर नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।

रोटरी क्लब अफ धनगढीले भजनी नगरपालिकाको वडा नम्बर ८ सोनाहाफाँटा सञ्चालन गरेको शिविरमा करिब ७ र नेपाली सेनाले टिकापुरको एकतानगरमा सञ्चालन गरेको शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

शिविरमा नेपाल नर्सिङ संघ, गेटा आँखा अस्पताल, नेपाल रेडक्रस सोसाईटी, नेपाल औषधी व्यवसायी संघलगायतका विभिन्न संघसंस्थाले सहयोग गरेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समतिका संयोजकसमेत रहेका जोशीले बाढी प्रभावितमा रोगको प्रकोप फैलिन नदिन जिल्लाका स्वास्थ्य क्षेत्रमा काम गर्ने निकायसँग समन्वय गरी निःशुल्क एकीकृत स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए ।