Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सरकारी चिकित्सकले निजी क्लिनिक सन्चालन नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन


0
Shares

जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आएका उनले चिकित्सक तथा व्यवस्थापन समितिका पदाधिकारीसँगको अन्र्तक्रियामा उक्त निर्देशन दिँदै भने, ‘निजी क्लिनिक नचलाई दिनोस् । यो दबाब होइन तर राष्ट्रिय आवश्यकता हो, स्वास्थ्य क्षेत्रमा सुधार गर्न यो अनिवार्य छ ।’

जनकपुर अञ्चल अस्पतालबारे निकै गुनासो आएपछि स्वास्थ्यमन्त्री पोख्रेलले डा.रामपरीक्षण यादवलाई मेडिकल सुपरिटेन्डेन्ट(मेसु)बाट हटाइ दुई साताअघि मात्र नियुक्त गरेका मेसु डा.कल्पना बछारलाई लक्षित गर्दै भने, ‘निजी क्लिनिक बन्द गर्ने कामको सुरुवात मेसुबाटै हुनुपर्दछ । आफै निजी क्लिनिक सन्चालन गर्नेले अरुलाई निर्देशन दिनसक्दैन । त्यसैले मेसुले अबिलम्व निजी क्लिनिक बन्द गर्नुपर्दछ ।’

बिरामीको अत्याधिक चाप रहने यस अस्पताल सुधार गर्नुपर्नेमा जोड दिंदै उनले अब हामीले क्षेत्रीय होइन, प्रान्तीय दृष्टिकोणले नीति बनाउनुपर्ने र यहाँ रहेका क्षेत्रीय प्रयोगशालालाई प्रान्तीय प्रयोगशालाको रुपमा विकसित गर्नुपर्ने धारणा व्यक्त गरे ।

विगत करिब दुईवर्षदेखि सन्चालन हुन नसकेको यस अस्पतालको आइसीयु सेवा शीघ्र सन्चालन हुने बताउँदै उनले सरकारी अस्पताल र स्वास्थ्य केन्द्रको व्यवस्थापनमा संवेदनशील भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

अन्र्तक्रियामा सहभागी चिकित्सकले यस अस्पतालमा भौतिक पूर्वाधारका साथै जनशक्ति अभाव रहेको गुनासो गरेका थिए । ‘दैनिक झण्डै एकसय महिलालाई प्रसूति सेवाका लागि दुईविज्ञ, चारमेडिकल अधिकृत र १६ जना नर्समात्र छन् । सयजना बिरामीलाई तीननर्सले कसरी स्याहार गर्ने ?’ प्रसूति रोग विशेषज्ञ डा.रामनरेश पण्डितको गुनासो थियो । रासस