Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


हाइड्रो एक्स्पो जारी


0
Shares

काठमाडौं, माघ ५ । काठमाडौंस्थित भृकुटीमन्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो’ जारी छ ।

शनिबार अवलोकनकर्ताको भीड लागेको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

मेलामा जलविद्युत्सम्बन्धी स्टलसहितका अवलोकनकक्ष राखिएका छन् ।

मेलामा बुद्धमैत्रीय सोल थेरापी सेन्टरले योगबारे जानकारीसमेत दिएको छ ।

पछिल्लो समयमा ध्यानका लागि पिरामिड शैलीमा ध्यान गर्ने प्रचलन रहेको सेन्टरले जनाएको छ ।

पिरामिडभित्र बसेर ध्यान गर्दा ध्यान गर्नसक्ने क्षमता बढ्नुका साथै ध्यान गर्ने व्यक्तिको एकाग्रता शक्ति बढ्ने सेन्टरका निर्देशक डा. राजेश प्रधानांगले बताए ।