३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्छौं : सन्चारमन्त्री


0
Shares

भक्तपुर, माघ ५ । सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारकोे न्यूनतम् पारिश्रमिक कार्यान्वयन भएरै छाड्ने बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको २१औं साधारणसभाको उद्घाटन कार्यक्रममा उनले सन्चारमाध्यममा काम गर्ने पत्रकार र कर्मचारीहरुको न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने बताए ।

मन्त्री बाँस्कोटाले पत्रकारले नेपालको विकासको पाटोलाई अगाडि बढाउन राजनीतिक कार्यकर्ता नभइ पत्रकार भएर काम गर्नुपर्नेमा जोड दिए ।

कुनैपनि पेसामा आवद्धहरुले आफ्नो पेसालाई निरन्तरता दिनुपर्ने भन्दै उनले राजनीति गर्ने भए राजनीतिलाई नै आत्मसात् गरी सो पेसा परित्याग गर्न आग्रह गरे ।

डा. गोविन्द केसीको आन्दोलनप्रति लक्षित गर्दै उनले व्यक्तिका सबै माग सरकारले पूरा गर्न नसक्ने स्पस्ट पारे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले न्यूनतम् पारिश्रमिक कार्यान्वयन नभए महासंघले आन्दोलनको स्वरुप अघि बढाउने बताए ।

उनले विज्ञापनमा देखिएको एकाधिकार तोड्दै समानुपातिक प्रणाली लागू गर्नुपर्नेमा जोड दिए ।