काठमाडौं, माघ ४ । सौरभ ग्रुपले आफ्नो कुनैपनि उद्योगमा वैध वा अवैध कुनैपनि विदेशीको लगानी नरहेको र विदेशमा धन नराखेको जनाएको छ ।
खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो कम्पनीको पनि नाम आएको भन्दै सौरभ ग्रुपले प्रतिवेदनले कम्पनीको छविमा ठूलो धक्का पुगेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ग्रुपका अध्यक्ष विश्वप्रसाद न्यौपानेले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतिवेदनमा भनिएअनुसार ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क लिमिटेड भन्ने कम्पनीसँग यस समूहको कुनैपनि लगानी, कारोबार, चिनजान र सम्पर्कसमेत हालसम्म नभएको बताए ।
आफ्नो परिवारको नै गुट्खा, साबुन, सुपारीजस्ता उत्पादनसँग कुनैपनि उद्योग तथा आयात–निर्यात कारोबार नरहेको पनि उनले बताए ।
आफूहरुले धागो, चिया निर्यात गर्दै आइरहेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्