Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रधानमन्त्रीले नेपालमा लगानी भित्र्याउनका लागि पहल गर्नुपर्छ : शर्मा


0
Shares

काठमाडौं, माघ ४ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले प्रधानमन्त्रीको स्वीट्जरल्यान्ड भ्रमणकाक्रममा नेपालमा लगानीका लागि पहल हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री सहभागी हुने ‘डाओस’ सम्मेलनमा विभिन्न देशका लगानीकर्ताहरु पनि सहभागी हुने भएकाले यो सम्मेलन नेपालजस्तो विकासोन्मुख देशका लागि उपयुक्त हुने बताए ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्रीको भ्रमणले नेपालमा लगानी भित्रिनसक्ने बताए ।

उनले पुँजीवादी मुलुकहरु भेला हुने सो सम्मेलन नेपालमा लगानी भित्र्याउन फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सम्मेलनमा प्रधानमन्त्रीले विभिन्न देशका प्रमुखहरुसँग पनि भेट्ने कार्यक्रम भएकाले नेपालमा लगानी ल्याउनका लागि लागि उपयुक्त अवसर बन्नसक्ने जिकिर गरे ।