
निरन्तरको वर्षा र मौसम परिवर्तनका कारण बिरामीको संख्या बढेको चिकित्सकहरुले बताएका छन् ।
जिल्ला अस्पतालमा मात्र दैनिकजसो १ सय २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि पुग्ने गरेको अस्पतालले जनाएको छ ।
यसअघि सामान्यतः दैनिक ४० देखि ५० जना बिरामी आउने गरेकोमा दुई सातादेखि बिरामीको चापमा वृद्धि भएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।
उता, मौसम परिवर्तनसँगै जिल्ला अस्पताल ताप्लेजुङमा पनि बिरामीको चाप निकै बढेको छ । रुखाखोकी, ज्वरो, टाइफाइडलगायत भाइरल रोगका विरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ ।
अहिले दैनिक १ सय ३० देखि १ सय ५० जनासम्म बिरामी आउने गरेको जिल्ला अस्पताल ताप्लेजुङले जनाएको छ ।
अस्पतालका चिकित्सक डा.रञ्जितराज पाठकले भाइरल र झाडापखालाका बिरामीको संख्यामा वृद्धि भएको जानकारी दिए ।
भाइरलको प्रकोप देखिएकाले अनिवार्य मास्कको प्रयोग गर्न तथा उमालेको पानी प्रशस्त पिउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्