Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गर्दा ‘एकाउन्ट’ नै बन्द ! लामखुट्टेको उपहास गरेको आरोप


0
Shares

‘नेमु इज माइ वाइफ’ ट्वीटर ‘ह्यान्डल’ रहेको ती युवकले लामखुट्टे मारेर ट्वीटरमा पोस्ट गरेपछि उनको पोष्टलाई ३१ हजारभन्दा बढी ट्वीटर प्रयोगकर्ताहरुले रिट्वीट् र २७ हजारभन्दा बढीले लाइक गरेका थिए । त्यसपछि ट्वीटरले उनको एकाउन्ट नै बन्द गरिदिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ ।

ट्वीटरमार्फत गाली तथा वेइज्जती र समाजमा हिंसा भड्काउने खालको सन्देश प्रवाह गरेमा प्रयोगकर्ताको ‘एकाउन्ट’ बन्द गरिने शर्त राखिएको छ । तर, ती युवकको ट्वीटर एकाउन्ट निलम्बित गरिनुको कारण भने लामखुट्टे विरुद्ध अफवाह फैलाएर उपहास गरेर नियम उल्लघंन गरेको  ‘ट्वीटर जापान’ले उल्लेख गरेको छ ।

— Twitter Japan (@TwitterJP) August 24, 2017

“

गत अगष्ट २० मा ती युवकले टीभी हेर्नेक्रममा आफूलाई टोकेको लामखुट्टेलाई मारेपछि फोटो खिचेर ट्वीटरमा पोस्ट गर्दै लेखेका थिए, ‘जब म आराम गर्न टेलिभिजन हेर्न बस्छु तब कहाँबाट तँ आएर टोक्छस् मलाइ ? मर ! (सायद तँ अघि नै मरिसकिस्) ।’

आफ्नो एकाउन्ट बन्द भएपछि ती युवकले नयाँ एकाउन्ट (डे ड्रिम म्याचा)मार्फत ट्वीटरको निर्णयको आलोचना गर्दै अचम्ममा परेको बताएका छन् । उनले भनेका छन्, ‘मैलै लामखुट्टे मारेर फोटो पोस्ट गरेपछि मेरो पहिलेको एकाउन्ट सँधैको लागि बन्द भएको छ, के यो सामाजिक सन्जालको उल्लघंन हो ?’

‘फर्च्यून म्यागजिन’का अनुसार ट्वीटरले पछिल्लो समय आफ्नो सन्जालमा दुरुपयोग, दुव्र्यबहार तथा उत्पीडन तथा अन्य शर्तको उल्लघंन गर्ने शब्द तथा फोटो पहिल्याउन ‘एल्गोरिथ्म’ कार्यक्रम लागु गरेको छ ।

पछिल्लो समय प्रयोगकर्ताहरुले स्वचालित सफ्टवेयरको प्रयोग गरी फ्लोअर, रिट्वीट् र लाइक बढाउन थालेको अध्ययन सार्वजनिक भएपछि ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुको निगरानी बढाउन थालेको बताइएको छ ।