Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


‘१० सेकेन्डमै क्यान्सरका कोषहरु पत्ता लगाउन सकिने’


0
Shares

टेक्सास् विश्वबिद्यालयका वैज्ञानिकहरुले बनाएको उक्त ‘पेन’ आकारको सानो यन्त्रले १० सेकेन्डभित्र मानिसको शरीरमा रहेको क्यान्सरका कोषहरु पत्ता लगाएर उपचारमा थप प्रभावकारिता अपनाउन सकिने बताएका छन् ।

वैज्ञानिकहरुले बनाएको उक्त यन्त्रको परिक्षण गर्दा उक्त यन्त्रले ९६ प्रतिशत विश्वसनिय रुपले काम गरेको ‘साइन्स ट्रान्सलेसन मेडिसन’ले उल्लेख गरेको छ ।

क्यान्सरको शंका वा कुनै लक्षण देखिए उक्त भागको केहि कोष वा सिधै शरीरमा यस पेनको प्रयोग गर्न सकिन्छ । ‘स्पेट्रोमिटर’ जडान गरिएको उक्त यन्त्रले एक सेकेन्डमा हजारौँ रसायनको गतिविधि मापन गर्न सकिने बताइएको छ ।

बीबीसी‘का अनुसार उक्त पेनबाट निस्कने एकथोपा रसायन तरल पदार्थ जिवित कोषहरुमा पुग्ने र उक्त कोषलाई पेनले सोसेर १० सेकेन्डभित्र एकप्रकारको ‘फिंगरप्रिन्ट’ तयार भएपछि त्यसैको आधारमा चिकित्सकले क्यान्सर भए नभएको छुट्याउन सक्ने साइन्स मेडिसिनले उल्लेख गरेको छ ।

टेक्सास् विश्वबिद्यालयका रसायन विज्ञान प्राध्यापक डा.लिविया एबरलिनले निकै सरल तरिकाले प्रयोग गर्न सकिने यस यन्त्रले तुरुन्तै क्यान्सरको कोषहरु पत्ता लगाउन सकिने बताइन् ।

डा.एबरलिनका अनुसार यस यन्त्रको परिक्षण २५३ जनामा गरिएको थियो । उनी भन्छिन्, ‘अब यस यन्त्रमा केहि सुधार गरेर पुन परिक्षण गरिने र सन् २०१८ सम्म प्रयोगमा ल्याउने छौँ ।’

हाल यस पेनले १.५ मिलिमिटरसम्मको कोषहरुमात्र परिक्षण गर्न सकिने भएकोले वैज्ञानिकहरुले ०.६ मिलिमिटरसम्मको कोषहरु पनि परिक्षण गर्न सकिने गरी आवश्यक सुधार गरिने बताएका छन् । (एजेन्सी)