
नयाँ आर्थिक वर्ष सुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले अभाव भएको हो । स्थानीय तह आफैंले औषधिको व्यवस्था गर्नुपर्ने भन्दै कार्यालयले औषधि नपठाएको हो ।
गाउँका स्वास्थ्य चौकीले ३९ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउनुपर्ने भए पनि आठराई गाउँपालिकाका चुहानडाँडा, इवा, छातेढुंगा र थोक्लुङमा रहेका स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन ।
स्वास्थ्य चौकीमा दुई साता यता जीवनजलबाहेक कुनै औषधि नरहेको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील ईङनामले बताए ।
सरकारले निःशुल्क दिने भनिएका औषधि नै महँगो मुल्य तिरेर किन्नु परेको गुनासो सर्वसाधारणको छ ।
प्रतिक्रिया दिनुहोस्