
एस नेपालको आयोजनामा फिल्म नेपाल र संस्थागत बिकास समाज काठमाडौंको सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय अछामको समन्वयमा आज सम्पन्न स्वास्थ्य शिविरमा १०८ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
जिल्ला अस्पताल अछामका डा.सुवास लामिछानेले शिविरमा आएका महिलामा गोनोरिया, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, यौनी चिलाउने समस्या देखिएको बताए । त्यस्तै, पुरुषहरूमा भने युरेथ्रल डिस्चार्ज सिन्ड्रम र अन्यमा मौसमी रुघाखोकी, भाइरल ज्वरो, छालाको समस्या, झाडापखाला र ग्यासट्राइटिस समस्या बढी देखिएको थियो ।
‘निरोगी स्वास्थ्य नै सम्पतिको बहार, स्वास्थ्य परिक्षण नै निरोगी स्वास्थ्यको आधार’ भन्ने नाराका साथ सम्पन्न स्वास्थ्य शिविरमा यौनरोग जाँच उपचार तथा परामर्श दिइएको थियो ।
पन्चदेवल बिनायक नगरपालिका २ को पुर्ण प्राथमिक बिध्यालयमा संचालन भएको शिविरको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी पन्चदेवल बिनायक नगरपालिका २ का वडा अध्यक्ष पदम बहादुर धामीले गरेका थिए ।
वडा अध्यक्ष धामीले विभिन्न रोगहरुबाट बच्न सबैले समय–समयमा स्वस्थ्य परिक्षण गर्न आवश्यक रहेको भन्दै आगामी दिनमा पनि यस्ता शिविरको आयोजना गर्न आवश्यक रहेको बताए ।
शिविरमा जिल्ला अस्पताल अछामका डा.शुवास लामिछाने र डा.प्रवेश भण्डारीलगायतको समुहले विरामीहरुको स्वास्थ्य परिक्षण, परामर्श र औषधि वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्