-कविराज घिमिरे/ईमेज
धनकुटा । किसानका घरदैलोमै सेवा पुर्याउने उद्देश्यले सरकारले स्थापना गरेको कृषि ज्ञान केन्द्रको काम प्रभावकारी हुन सकेको छैन ।
कार्यक्रम सञ्चालनको कार्यविधि नहुँदा ६ महिना बितिसक्दा पनि कृषि ज्ञान केन्द्र र पशु सेवा विज्ञ केन्द्र प्रभावकारी हुन नसकेका हुन् । धनकुटाको कृषि ज्ञान केन्द्र पनि समस्याबाटै गुज्रिँदै गएको छ ।
सञ्चालन गर्ने कार्यविधि अभावकै कारण भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका स्वीकृत योजना तथा कार्यक्रम सञ्चालन हुन सकेका छैनन् ।
संघीय संरचनाअन्तर्गत धनकुटा र तेह्रथम कार्यक्षेत्र रहने गरी धनकुटामा कार्यालयको स्थापना गरिएको थियो ।
चालु आर्थिक वर्षभित्र साढे २ करोडका २५ वटा कार्यक्रम स्वीकृत भएका थिए तर ६ महिना बितिसक्दा पनि कार्यविधि नहुँदा कार्यप्रगति हुन सकेको छैन ।
उन्नत घाँस वितरण, वोयर वोका वितरण, अनुदानका कार्यक्रम, उपयुक्त प्रविधि वितरणलगायतका पहिलो र दोस्रो चौमासिक भित्रै सक्ने खालका कार्यक्रमहरु पनि अलपत्र बनेका छन् ।
प्रदेश सरकार मातहतको भूमी व्यवस्था, कृषि तथा मत्स्य सहकारी मन्त्रालयबाट कार्यविधि नआउँदा स्वीकृत योजना तथा कार्यक्रम संचालन गर्न नसकेको पशु विकास अधिकृत शुक्रराज लिम्बु बताउँछन् ।
यता धनकुटा र तेह्रथुम हेर्ने गरि स्थापना गरिएको कृषिज्ञान केन्द्रको पनि अबस्था उस्तै छ । कार्यबिधि अभाबकै कारण कुनै पनि कार्यक्रम अघि बढ्न सकेको छैन ।
कार्यबिधि आएका कार्यक्रमको सुचना निकालिएको तथा कतिको कार्यबिधिनै आइनसकेको कृषि ज्ञान केन्द्र धनकुटाका बालि संरक्षण अधिकृत सुर्यप्रसाद सापकोटाको भनाइ छ ।
कार्यालय स्थापना गरेपछि त्यसका आवश्यक आधारहरु पुरा गर्नुपथ्र्यो । कार्यक्रम छन् तर कार्यविधिका कारण महिनौँदेखि काम अलपत्र बनेको छ ।









प्रतिक्रिया दिनुहोस्