Logo १ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026


‘कम्प्युटर र मोबाइलकै कारण चश्मा लगाउने बालबालिकाको संख्या बढ्यो’


0
Shares

अहिलेका बालबालिकाले धेरै समय कम्प्युटर र मोबाइल चलाउने भएका कारण भक्तपुरमा चश्मा लगाउनेको संख्या बढेको जिल्ला सामुदायिक आँखा केन्द्र भक्तपुरका प्रमुख धिरज अधिकारीले बताए ।

धुलो धुवाँमा हिँड्ने, लामो समयसम्म टेलिभिजन हेर्ने लगायतका कारण पनि धेरैको आँखामा समस्या देखापरेको छ ।

१५ देखि ६० वर्ष उमेर समूहमा विभिन्न खालका रोग देखिने गरेको केन्द्रका प्रमुख अधिकारी बताउँछन् । आँखाका बारेमा विद्यालयका शिक्षक, महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न सरोकारवालामार्फत चेतना फैलाउने कार्य भइआए पनि वातावरणीय प्रभावका कारण पनि आँखाको समस्या बढेको विज्ञहरु बताउँछन् ।

विगतमा फाट्टफुट्ट रुपमा देखिने आँखाका समस्या लिएर अहिले दिनमा ६० देखि ७० जना दैनिकजसो केन्द्रमा आउने गरेका छन् ।

धुलो धुवाँमा हिँडेर घर फर्केपछि आँखालाई पानीमा डुबाएर धुने, प्रशस्त पानी पिउने, जथाभावी औषधिको प्रयोग नगर्ने, कीरा आउने बत्तीको नजिक नबस्ने जस्ता कुरामा ध्यान दिनसके आँखाका रोगबाट बच्न सकिने अधिकारीको भनाइ छ ।

यही भदौ २७ र २८ गते बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म भक्तपुर ब्रम्हायणी पिठमा निःशुल्क आँखा शिविर आयोजना गर्न लागिएको पनि उनले बताए ।

अधिकारीकाअनुसार सो शिविरमा भेटिएका मोतियाबिन्दुका बिरामीलाई त्यही नै निःशुल्क शल्यक्रिया गरिने छ । रासस

Skip This