काठमाडौं, माघ १ । मंगलबार सेयरबजारमा दोहोरो अंकको सुधार आएको छ ।
उतार–चढावबीच बजार परिसूचक नेप्से साढे १७ अंकले बढेर ११ सय ९५ विन्दुमा आइपुग्यो ।
सोमबार पनि सेयर सकरात्मक रहेको थियो ।
यसदिन कारोबार भएका सबै समूहमा सुधार आयो । निर्जीवन बिमा समूह सबैभन्दा उच्च २३२ अंकले बढ्यो ।
जीवनबिमा समूह पनि १९७ अंकले उक्लियो । विकास बैंक, जलविद्युत्, अन्य र लघुवित्त समूह पनि दोहोरो अंकले उकालो लागे ।
यसदिन १५८ कम्पनीका ८३ लाख ५ हजार कित्ता सेयर ३९ करोड ७३ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्