२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


जाजरकोटमा भाइरल ज्वरोका कारण चार वर्षीय बालकको मृत्यु


0
Shares

जहरगाउँमा रहेको स्थानीय औषधि पसलमा उपचार गर्दागर्दै उनको मृत्यु भएको स्थानीय शिक्षिका निर्मलाकुमारी मल्ल थापाले जानकारी दिइन् ।

यहाँ सयौँ गाउँले भाइरलकै कारण बिरामी परेको उनको भनाइ छ । कुशेगाउँपालिकाका खुर्पा, जहरगाउँ, ढिमे र दम्दाला, बारेकोट गाउँपालिकाका सिर्पाचौर, मुल्सामलगायत दर्जन गाउँमा भाइरलका कारण सयौँ बिरामी परेका छन् । उपचारका अभावमा घरमै दर्जनौँ स्थानीयवासी थला परेको स्थानीयवासीले बताउँदै आएका छन् ।

सोमबारमात्र त्रिवेणी नलगाड नगरपालिका–८ मा शिविर सन्चालन गरी १२० जनाको उपचार गरिएको छ । फोहोर पानीका कारण गाउँले बिरामी परेको स्वास्थ्यकर्मीको भनाइ छ । गाउँमा औषधिको अभाव हुनाका साथै पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा यहाँका सयौँले उपचार पाउन सकेका छैनन् ।

यसअघि बारेकोट गाउँपालिका–५ मा दुई बालकको भाइरलकै कारण ज्यान गइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालयले रोगबारे थाहा नभएको जनाएको छ । रासस