३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


टुँडिखेलमा माघेसंक्रान्तिको रौनक


0
Shares

काठमाडौं, माघ १ । राजधानीमा बस्दै आएका मगर समुदायले पनि माघेसंक्रान्ति पर्व भव्यरुपमा मनाएका छन् ।

नेपाल मगर संघको आयोजनामा मंगलबार काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरियो ।

कार्यक्रममा मगर समुदायका मौलिक खानाका स्टलहरु राखिनुका साथै मगर भेषभूषासहितको सांस्कृतिक प्रदर्शनी गरिएको थियो ।

त्यसअघि, काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितका र्‍याली निकालिएको थियो ।

कार्यक्रममा मन्त्रीहरु वर्षमान पुन, बीना मगर र थममाया थापा सहभागी भए ।

यस पर्वमा मगर समुदायमा छोरी–चेलीलाई पूजा गर्ने र दान–दक्षिणा दिने चलन पनि रहेको छ ।

तरुल, गीठ्ठा, भ्याकुर मिसाएर बनाइएको मिश्रा नामको परिकार पनि यस पर्वमा खाने गरिन्छ ।

युवा–युवतीहरु भैलो खेल्ने, पुतली नाँच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने, धनुषवाण हान्ने पनि गर्दछन् ।