Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


बाग्लुङमा इँटाभट्टा उद्योग अनुमति विनै सञ्चालनमा


0
Shares

बाग्लुङ । बाग्लुङका अधिकांश इँटाभट्टा बिनादर्ता सञ्चालनमा रहेको खुलासा भएको छ ।

बिना दर्ता सञ्चालनमा आएका इँटाभट्टाका कारण राज्यलाई लाखौं रुपैयाँ राजश्व घाटा लागेको छ ।

बाग्लुङमा झन्डै ३ दर्जन इँटाभट्टा अवैधानिक रुपमा सञ्चालित छन् । यहाँका चार वटा भट्टाले मात्र सञ्चालनको अनुमति लिएका छन् ।

विना दर्ता सञ्चालित इँटा भट्टाका कारण राज्यलाई राजश्व मात्र घाटा लागेको छैन, टोलटोलमा वस्ती नजिकैका भट्टाले प्रदूषणसमेत बढाएको छ ।

हरेक उद्योग सञ्चालन गर्दा घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गर्नुपर्ने प्रावधान छ । त्यसैगरी उद्योगले भ्याटमा पनि दर्ता गर्नुपर्ने हुन्छ ।

तर अहिले बागलुङमा यस्ता उद्योग मनपरी ढंगबाट मापदण्ड विपरित सञ्चालित हुँदा पनि सरकारी निकायले कारबाही गर्न र करको दायरामा ल्याउन खासै चासो दिएको छैन ।

सरकारको नयाँ मापदण्ड अनुसार इँटा उद्योग सञ्चालन गर्दा कोइला र विद्युत्को प्रयोग गर्नुपर्ने र बस्तीबाट टाढा हुनुपर्ने प्रावधान छ ।