२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


पुरुषको तुलनामा महिलामा यौनप्रतिको चासो दुई गुणाले कम हुँदै : अध्ययन


0
Shares

‘स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्यूड्स’ले गरेको अध्ययनले महिलाहरु आफ्नो यौनशाथीसँगको यौनसम्बन्धमा पुरुषको तुलनामा दुई गुणाले मोहभंग (यौनसम्बन्ध प्रति रुची कम) हुँदै गएको तथ्य देखाएको हो ।

अध्ययनका अनुसार महिला र पुरुषको सम्बन्धमा विस्तारै यौन उत्साह कम हुँदै जान्छ । तर, यस सम्बन्धमा पुरुषभन्दा महिला यौनसम्बन्धप्रति दुई गुणा बढीले उदासिन हुने वा रुची कम हुँदै गएको अध्ययनले देखाएको छ । ।

अध्ययनले यस्तो अवस्था आउनुको मुख्य कारण पुरुषको तुलनामा महिलाको खराब स्वास्थ्य समस्या र भावनात्मक लगावमा आउने कमीका कारण पुरुषसँगको यौन सम्बन्धप्रति उनीहरुको इच्छा कम हुँदै गएको उल्लेख गरेको छ ।

बीबीसी‘का अनुसार बीजेएम जर्नलमा छापिएको यस अध्ययनमा यूनिभर्सिटि अफ साउथंप्टन र यूनिभर्सिटि कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरुले पुरुष र महिलामा यौनसम्बन्धप्रति अनिच्छा बढ्दै जानु चिन्ताको विषय भएको बताएका छन् । तर, यस अध्ययनले महिलाहरु झन् पुरुषको तुलनामा दुई गुणा बढी अनिच्छा प्रकट गर्नु गम्भिर विषय भएकोले समयमै विचार गर्न र आवश्यक कमद चाल्न अध्ययनकताएहरुले सुझाव दिएका छन् ।

सेक्स थेरापिस्ट अमान्डा मेजरले यस विषय असामान्य बताउँदै यसको कारण पुरुष तथा महिलाहरुमा बढ्दै गएको चाहाना र परिवर्तन जीवनशैलि बताएकी छन् । उनका अनुसार स–साना कुरामा हुने असमझदारी, विभिन्न स्वास्थ्य समस्या, लागुपदार्थको सेवन, कामको थकाई, मानसिक तनाव आदीका कारण उनीहरु एक–अर्काबीच लामो समय यौनसम्बन्ध रहन चाँहदैनन् ।

उक्त अध्ययनमा १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाले आफूहरुलाई यौनसम्बन्धमा कुनै चासो नभएको बताएका थिए ।

३५ देखि ४४ वर्षका पुरुषहरुमा यौनसम्बन्धप्रति चासो सबैभन्दा कम रशेको थियो भने ५५ देखि ६४ वर्ष समूहको महिलामा यौनसम्बन्धप्रति कुनै चासो नरहेको अध्ययनले देखाएको छ ।

यूनिभर्सिटि अफ साउथंप्टन र यूनिभर्सिटि कलेज अफ लन्डनका अनुसन्धानकर्ताहरुले खराब स्वास्थ्य अवस्था, असमझदारी, भावनात्मक लगावमा उदासिनताका कारण पुरुष र महिलाहरुमा यौन सम्बन्धप्रति चासो कम हुँदै गएको बताए । साथै, अध्ययनले पुरुषको तुलनामा आफ्ना यौन समस्यावारे महिलाहरुले कुराकानीसमेत गर्न नचाहाने उल्लेख गरेको छ ।