
निर्वाचन आचारसंहिता अनुगमनको अवस्था बुझ्न प्रदेश नम्बर २ रहनुभएका डा. यादवले आज सर्लाहीमा हामीसँग कुरा गर्दै निर्वाचनको माहोल उत्साहपूर्ण देखिएको बताए ।
उनले मतदाता निर्णायक अवस्थामा रहेकाले निर्धक्कका साथ आफ्नो विवेक पुर्याएर असल जनप्रतिनिधि चयन गर्न आह्वान गरे ।
प्रमुख निर्वाचन आयुक्त डा. यादवले राजनीतिक दलका नेताहरु चुनाव केन्द्रीत भएकै कारण मतदातामा उत्साह थपिएको भन्दै केही ठाउँमा भएका आचारसंहिता उल्लंघनका कमजोरीलाई नदोर्याउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्