
अस्पतालले शनिबार राजधानीमा कार्यक्रमको आयोजना गरि मुटुरोग परीक्षणका विशेष कार्यक्रम एक सातासम्म चलाइने जनाएको हो ।
कार्यक्रममा प्राध्यापक डा.अभनीभूषण उपाध्यायले नेपालजस्ता विकासोन्मुख राष्ट्रमा मुटुरोगका बिरामी बढ्दै गइरहेको र विश्वमा वर्षेनी डेढ करोडभन्दा बढी मानिसको मृत्यु मुटुरोगबाट हुने गरेको बताए ।
मुटुरोग बिरामीको संख्यामा कमी ल्याउन मानिसले आफ्नो जीवनशैलीमा परिर्वतन गर्नु आवश्यक रहेको उपाध्यायको भनाइ छ । उनले नेपालजस्तो विकासोन्मुख देशमा सबै नागरिकसँग महँगो उपचार गर्नसक्ने क्षमता नभएकाले जनचेतना जगाउनु आवश्यक रहेको बताए ।
कार्यक्रममा अस्पतालको स्थापना देखिनै सेवा पुर्याउँदै आएका मुटुरोग विशेषज्ञ डा.सुनीलचन्द्र झालाई सम्मानसमेत गरेको छ । उनलाई अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले सम्मान गरेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्