
कोसीटापुमा अवस्थित उक्त बस्तीमा शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री पठाइएको हो ।
५७६ मतदाता रहेको उक्त वडामा शनिबारैदेखि मतदाता परिचयपत्र वितरण थालिएको प्रमुख निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।
९ नगरपालिका र ९ गाउँपालिका रहेको सप्तरीका २९५ मतदानस्थल र ४६२ ओटै मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण भइरहेको छ ।
मतदानका लागि जिल्लाका मतदान केन्द्रहरुमा सुरक्षाकर्मी पुगिसकेको तथा बुथ निर्माण थालिसकिएको छ ।
८५६ जनप्रतिनीधि चयन हुने सप्तरी जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
यस्तै, सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै भारत र नेपालका सुरक्षा अधिकारीहरुको सहमतिमा असोज २ गतेसम्मका लागि बोर्डर ‘सिल’ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्