
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार अत्याधिक ज्वरो आएका बिरामीको रगत परीक्षण गर्दा डेंगु देखापरेको हो ।
सो कार्यालयका सूचना अधिकारी कृष्ण उप्रेतीले रगत परीक्षण गरिएका मध्ये दुई जनामा डेंगुको संक्रमण पाइएको जानकारी दिए ।
सफा पानीमा बस्ने ‘इडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेकोे टोकाइका कारण डेंगु संक्रमण हुने चिकित्सकहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्