२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


‘परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत’


0
Shares

मातृ मृत्युदरको संख्या बढ्दै गएको भन्दै वि.सं.२०७१ सालदेखि नेपालमा परिवार नियोजन दिवस मनाउन सुरु गरिएको हो ।

परिवार स्वास्थ्य महाशाखाले काठमाडौंमा गरेको कार्यक्रममा स्वास्थ्य सचिव डा.किरण रेग्मीले संविधानको धारा ५१ ले नै सुरक्षित मातृत्वका लागि परिवार नियोजनको पहुँच सुनिश्चित गर्न भनेकाले यस्ता कार्यक्रम अझै बढाउनु पर्ने बताइन् ।

सचिव रेग्मीले संघीयतामा स्वास्थ्यका कार्यक्रमहरुसँगै परिवार नियोजनको कार्यक्रम पनि कसरी लैजाने भन्ने चुनौती थपिएको बताइन् ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा.विनोदमान श्रेष्ठले सन् २०२० सम्ममा प्रजनन् दरलाई २.१ मा सीमित राख्ने र परिवार नियोजनका साधनको प्रयोग दर ५० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको बताए ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले परिवार नियोजनको साधन प्रयोग गर्नुपर्छ भन्ने जनचेतनाको अभावमा अझै पनि धेरैले परिवार व्यवस्थापन गर्न नसकेको बताए ।

त्यस्तै, परिवार स्वास्थ्य महाशाखा प्रमुख डा.नरेश केसीले परिवार नियोजनका लागि सरकारले ५० करोड रकम विनियोजन गरेको जानकारी दिए । सन् २०१६ को तथ्यांकअनुसार ४३ प्रतिशतले परिवार नियोजनको आधुनिक साधन प्रयोग गर्ने गरेका छन् । ५३ प्रतिशत विवाहित महिलाले परिवार नियोजनको साधन प्रयोग गर्ने गरेको तथ्यांक छ ।