Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सरकारले ल्याउन लागेको कानुनले बृद्धबृद्धाको जीवन कति सहज होला ! (भिडियो)


0
Shares

काठमाडौं, पुस २९ । सरकारले छोराछोरीको तलबको निश्चित प्रतिशत रकम आमाबाबुको खातामा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने कानुन ल्याउने भएको छ । यस्तो कानुन बनेपछि ज्येष्ठ नागरिकले सम्मानजनक जीवनयापन गर्न सक्ने दाबी गरिएको छ ।

ज्येष्ठ नागरिकसम्बन्धी ऐनमा संशोधन गर्दै सरकारले सार्वजनिक पद धारणा गरेका, निजी तथा संगठित क्षेत्रमा कार्यरत वा निवृत्तिभरण (पेन्सन) पाउने व्यक्तिले समेत अनिवार्य रूपमा आफ्ना आमाबुबाको संयुक्त खातामा प्रत्येक महिना आफ्नो आयको निश्चित प्रतिशत रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरेको हो । सरकारले ल्याएको संशोधन विधेयकमा आमाबाबुबाट छुट्टिएको अवस्थामा समेत सन्तानले बैंक खातामा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस व्यवस्थाले सन्तानलाई दायित्ववोध गराउने धारणा सर्वसाधारणको छ ।

यो कानुन लागु भएमा समाजमा सकारात्मक प्रभाव पर्ने समाजशास्त्री बलराम आचार्य बताउँछन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्