
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत सरकारद्वारा सन्चालित बीमा कार्यक्रममा मंगलबारसम्म ४२ हजार ५०० जनाले नाम दर्ता गरेका सामाजिक स्वास्थ्य बीमा सुरक्षा विकास समितिका प्रबन्धक कृष्णप्रसाद भट्टराईले जानकारी दिए ।
वि.सं. २०७३ पुस १२ गतेबाट सन्चालन भएको बीमा कार्यक्रमबाट रु दुई करोड संकलन भएको छ भने १४ हजार ५०० जनाले अस्पतालबाट सेवा लिएका छन् । अस्पतालबाट सेवाबापत सेवा प्रदायक संस्थालाई रु एक करोड २५ हजार भुक्तानी गरिएको छ ।
सेवा प्रदायक अस्पतालमा दुई निजी र आठ सरकारी छन् । गण्डकी मेडिकल कलेज र मनिपाल शिक्षण अस्पताल निजी अस्पताल छन् भने पश्चिमान्चल क्षेत्रीय अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृ शिशु मितेरी अस्पताल तथा अर्मला, भेडाबारी, थुम्सीकोट र कृस्ती स्वास्थ्य चौकी रहेका छन् ।
स्वास्थ्य बीमा दर्ता गर्नेमा जिल्लाको कूल जनसंख्याको नौ प्रतिशत रहेका छन् । स्वास्थ्य बीमा दर्ता गर्नेको संख्या असार मसान्तसम्म २५ प्रतिशत पुर्याउने लक्ष्य रहेको भट्टराईले बताए । बीमा दर्ता प्रक्रिया नियमितरुपमा सन्चालन भइरहेको छ भने दर्ता सहयोगीका रुपमा ११२ जनालाई खटाइएको छ ।
स्थानीय तहको नयाँ संरचनाअनुसार दर्ता सहयोगीको संख्या बढाएर १३० पुर्याइने उनले बताए । सरकारले निःशुल्क उपलब्ध गराउने भनिएको ५३० प्रकारका औषधिलाई वृद्धि गरी ९२८ पुर्याइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्