Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ : नारायणकाजी


0
Shares

पार्टी सम्बद्ध गोरखा–काठमाडौं संघीय जनसम्पर्क मञ्चले मंगलबार राजधानीमा आयोजना गरेको दसैं तिहार र छठको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले भने–‘अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेन्डा धरापमा पर्न जान्छ ।’

नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकोे पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिए ।

पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका तीनओटै निर्वाचन क्षेत्रमा विजयी भएको माओवादी गत वैशाख ३१ गते भएको निर्वाचनमा भने दुई स्थानमामात्रै चित्त बुझाउनुपरेको थियो ।

स्थानीय चुनावमा पार्टीको सबैभन्दा ठूलो कमजोरी संगठन निर्माण र परिचालनमा देखिएको भन्दै नेता श्रेष्ठले सबै माओवादी नेता एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

पार्टीमा हुँदै नभएको मतभेद सिर्जना गरेर कसैले एकता भाँड्ने र पार्टी कमजोर पार्ने षडयन्त्र गरेमा कार्यकर्ताले ठीक लगाउनुपर्ने पनि उनको भनाइ थियो ।

माओवादी केन्द्रका अर्का नेता हितराज पाण्डेले आगामी निर्वाचनका लागि पार्टीले अहिल्यैदेखि कार्यकर्ता परिचालन र आवश्यक तयारी गर्नुपर्ने बताए ।

उनले भने–‘स्थानीय निर्वाचनमा भएको हारको समीक्षा गरेर अगाडि जानुपर्छ ।’

माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपानेले चुनाव जित्न संगठनमात्र बलियो भएर नहुने भन्दै त्यसका लागि नैतिकता, इमान्दारिता र कुशल परिचालन आवश्यक रहेको बताए ।

माओवादी नेता भक्ति लामिछानेले पार्टीले चुनाव जित्नका लागि आवश्यकताअनुसार तालमेल र सहकार्य पनि गर्नुपर्नेमा जोड दिए । रासस