२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


चिकित्साशास्त्र विधेयक पारित गर्न माग


0
Shares

शिक्षा पत्रकार समूहले काठमाडौंमा गरेको कार्यक्रममा पूर्व शिक्षामन्त्री धनिराम पौडेलले मेडिकल शिक्षा पूर्ण रुपमा निःशूल्क भने बनाउन नसकिने बताए ।

चिकित्सा शिक्षा निःशूल्क गरिए इन्जिनियरिङलगायतका शिक्षा पनि निःशूल्क गरिनु पर्ने धारणा उनको छ ।

उनले वार्तामा बोलाउँदा पनि नआउने र मनोमानी रुपमा अनशन बस्ने गरेको भन्दै डा.गोविन्द केसीप्रति गुनासो गरे । कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले डा.केसीको माग क्रमशः पूरा गर्दै जाने कि एकैपटक पूरा गर्ने भन्नेमा प्रष्ट हुनुपर्ने बताए ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले विद्यार्थी संख्या धेरै हुँदैमा गुणस्तर नखस्किने बताए । उनले ७५ जनासम्म विद्यार्थी भर्ना लिई सेमेस्टर प्रणालीमा लगेर पठन–पाठन गराउन सुझाव दिए ।

त्यस्तै, एमाले सांसद रामहरी सुवेदीले काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज सन्चालन गर्नु हुँदैन भन्ने कुरा कुन कानुनले भनेको छ भन्दै प्रतिप्रश्न गरे ।