३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


‘पूर्वसहमति र माथेमा कार्यदलको सुझावलाई सरकारले लत्याएका कारण डा. केसी अनशनमा’


0
Shares

झापा, पुस २९ । पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको मागलाई अनावश्यक प्रचार गरी तोडमोड गर्न खोजेको भन्दै केसी समर्थक चिकित्सक र अधिवक्ताले आपत्ति जनाएका छन् ।

आईतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै डा. केसीका सहयोगी चिकित्सक डा. अभिषेकराज सिंह र अधिवक्ता सुरेन्द्र भण्डारीले माथेमा कार्यदलले दिएको सुझावको सरकारले खिल्ली उडाएका कारण डा केसी फेरि अनशन बस्नु परेको बताए ।

डा. केसीले संसदलाई निर्देशन दिन खोजेको नभई सरकारले विगतमा आफूसँग गरेको सहमतिअनुसार विधेयक अघि बढाउन सरकारलाई आग्रह गरेको उनीहरुको भनाइ थियो ।