मंगलबार चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको संख्या थपेको बताए ।
‘यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?’ ओलीले भने ।
निर्वाचन आयोगले आचारसंहिता उल्लंघन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी उनले गरे ।
चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उनले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाए ।
चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उनको भनाइ थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गरेका थिए । रासस





प्रतिक्रिया दिनुहोस्