Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


चार सूत्रीय माग राखी डा.केसीले पुनः सत्याग्रह आन्दोलन गर्ने घोषणा


65
Shares

फाइल फोटो

चार सूत्रीय माग राखी असोज २० गतेदेखि पुनः सत्याग्रह आन्दोलनका कार्यक्रम सुरु हुने उनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ती मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्न, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौं विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी, हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुख माथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल सुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनसमेत उनले माग गरेका छन् ।

यसैबीच, ‘डाक्टर्स एशोसिएसन अफ नेपाल’ले चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोसाइटीका कामु महासचिव तोषिमा कार्कीद्वारा मंगलबार जारी विज्ञप्तिमा सरकारको सो निर्णयलाई तत्काल फिर्ता लिन माग गरिएको छ । रासस