नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको १२औं स्थापना दिवसको बुधबार काठमाडौंमा उद्घाटन गर्दै उनले मधेसमा पनि एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।
निर्वाचन सम्पन्न भएसँगै मुलुकको विकासले गति लिने भन्दै उनले स्थानीयस्तरको विकासका लागि लाग्न पनि आग्रह गरे ।
संविधानमार्फत् आदिवासी जनजातिका अधिकार सुनिश्चित भएको भन्दै उनले सोहीअनुरुप मुलुक अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
नेता नेपालले आदिवासी जनजाति नेपालको पहिचान भएको भन्दै उनीहरुको हक, अधिकार रक्षाका लागि एमाले सधैं तयार रहेको पनि बताए ।
आदिवासी नेताहरुले भने आफ्ना हक, अधिकारकाबारेमा सरकार र ठूला दलहरु गम्भीर नभएको आरोप लगाएका थिए ।









प्रतिक्रिया दिनुहोस्