
तनहुँ । बसाइँसराइ गर्ने क्रम नरोकिएपछि तनहुँका ग्रामीण बस्तीहरु उजाड हुँदै गएका छन् ।
संघीय संरचना अनुसार गाउँगाउँमा स्थानीय सरकारहरु गठन भए पनि गाउँबाट शहर झर्नेहरुको क्रम भने रोकिएको छैन ।
सेवा सुविधाको खोजीमा ग्रामीण क्षेत्रका मानिसहरु राजमार्ग केन्द्रीत भएर बसाइँ सर्न थालेपछि तनहुँका ग्रामीण बस्तीहरु उजाड हुँदै गएका छन् । जिल्लाका अधिंकाश गाउँहरुबाट शहरमा बसाइ सर्नेक्रम अहिले पनि ब्ढ्दो छ ।
गाउँमा विकासका पुर्वाधार र रोजगारीका अवसरहरु नहुँदा तनहुँको भिमाद, भानुमति, तनहुँशुरु, मिलुर्लङ्ग बडहरभन्ज्याङ लगायतका ठूला गाउँका बस्तीहरु अहिले उजाड भएका छन् ।
भिमाद क्षेत्रका ४० भन्दा बढी ग्रामीण बस्तीहरु अहिले खण्डहर बन्ने अवस्थामा छन् । पुराना ढुङ्गाले छाएका मौलिक घरहरु अहिले जीर्ण देखिन्छन् ।
भीमादमा पहिले दुई सयको हाराहारीमा घरहरु रहेकोमा अहिले पाँच सात घर मात्र बाँकी रहेको स्थानीय ध्रुव खनालले बताए ।
पछिल्लो समय ग्रामीण बस्तीमा निर्माण भएका मौलिक घरहरु लोप हुँदै जान थालेका छन् ।
प्रतिक्रिया दिनुहोस्