
सम्बद्ध पेशगत संघ सस्थाको अगुवाइमा उनीहरुले आज माइतीघरमण्डलामा सो निर्देशन फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले पनि सरकारसित सो निर्णय फिर्ता लिन माग गर्दै भोलिदेखि देशभरका सम्पूर्ण अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने विधेयक निर्माण गर्न स्वास्थ्य मन्त्रालयलाई दिएको निर्देशन दिएको थियो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई कार्यान्वयनमा ल्याउन चिकित्सकले सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्