
धनकुटा । धनकुटामा पहिलो पटक धनकुटा धार्मिक महोत्सव हुने भएको छ ।
असाहय र अशक्तका लागि योगदान, समाज परिवर्तनको लागि महापुराण भन्ने मुल नाराका साथ स्थानीय नर्वदेश्वर मन्दिरमा महोत्वस संचालन गर्न लागिएको हो ।
श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियान अन्र्तगत १०२ औं महापुराण यही माघ १ गतेदेखि ९ गतेसम्म गर्न लागिएको हो ।
महोत्सवमा कथा वाचन एवं राष्ट्रिय कलाकारहरुद्धारा भजनका साथै एकै पटक २७ जना ब्राह्मणबाट कथा वाचन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा संकलन भएको नगद तथा जिन्सी कार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहल निर्माण, वृद्धाश्रम र अनाथालयलाई हस्तान्तरण गरिने धनकुटा धार्मिक महोत्सव मुल व्यावस्थापन समितिका अध्यक्ष टीकाप्रसाद घिमिरेले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्